*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

कृपया आजैबाट राम्री केटिको खोजी गर्रौ

nari

पुरुष युबा साथीहरु पक्कै पनि राम्री केटिको सवालमा हामी हैरान छौं, किनकि जमाना आज यस्तो आएको सफा चरित्रको केटिहरु पाउन त साह्रै गाह्रो भईसक्यो । ईन्टरनेटको जमाना आज नेपाली समाजभित्रको तुलनामा प्रबासमा निकै सर्बसुलभ छ, Time pass रुपमा जनसम्पर्क र सम्बन्धहरु बढाउँन । जहाँ मनोरञ्जन लिने युबा साथीहरुको बोलीबाट यहि कुरा सुन्न पाईन्छ - "यार आज भोलीको जमाना एउटा पनि केटिहरु राम्रा भेटिन्न सब खतम्" आजका युबा पुस्ता बोल्नलाई गारो छैन र भनि पनि हाल्छन मुख भरीको गालीसँगै अनलाईनतिर भेटिने केटिहरु त सब भालुहरु मात्र हुन् रे।
बिदेश आउने अनि अनलाईनमा भेटिने केटिहरु त सबै खतम नै हुन्छन । साथीहरुले त ठोकुवा नै दिएर बोल्ने गरेको पाईन्छ ।

यसै सोच अनुसार प्रबाशमा प्राय गरेर खाडि मुलुकहरुमा केटिसँग भेटघाट हुनु नै माल फेला पार्नु हो, र त्यो माललाई उम्कन नदिन नै सबैको ध्यान हुन्छ, र जुन माललाई र अरु पनि जति सक्दा धेरै मालहरुलाई हात पारेर उनको अष्तित्व माथि मजा लिननै पुरुषले आफ्नो बहादुरी ठान्छन् । साथिभाईसँगको रमाईलो गफ गाफको बिषय बनाईन्छ निर्लज्ज र निस्फिक्रि, अनि बयान हुन थाल्छ मालसँग बिताएको क्षणहरुसँगै चलाखिकासाथ जुक्ति लगाएर माल लाई फसाईएको बहादुरीका कथाहरु युबाहरुमाझ Time pass को अत्यन्तै रसिलो र मार्मिक रोमान्टिक बिषय हुने गर्दछ । 

प्रबासमा काम गर्न जाने नेपाली नारीहरुको पनि कमि छैन । जहाँ एउटा केटिको मात्र मोबार्ईल नं भेटिनु पर्छ खरबारीमा डढेलो लागे झैं केटाहरुको मोबाईल मोबाईलमा नं सेभ भई सकेको हुन्छ अनि कल गरेर हुन्छ कि मिसकल गरेर हुन्छ उस्लाई सताउन सुरु गरिन्छ, मिठा मिठा गफ हरुमा जाल बुन्न सुरु गरिन्छ । अनि कति पय युबा साथि हरु सफल पनि हुन्छन् एकदिन उनको अष्तित्व लुट्न, अनि कहलाईन्छ उनि लाई, बिग्रिएकि केटि, भालु यस्तै यस्तै बदनामी उपमा हरु दिएर, अर्को बिषय बिदेश आउने केटि हरु त ठुलो पल्टेर केटा हरु सँग पनि बोल्दैनन् भनेर केटा हरुले नाना भाँतिको गाली सँगै उन्को अपमान गरिरहेको पाईन्छ, तर एउटा घटनाले मलाई यस कुराको ज्ञान दिलायो, दुबई माअ.ने.सा.स. को सामान्या मिटिङ सके पछि, नयाँ नेपाली साथि सँगको चिनजान सँगै दुई जना घुम्नलाई बरदुबई नेपाली चोक तिर गएका थियौं, बेलुकि तिरको मौसम, नेपाली पहिरनमा सजिएकी एउटा नेपाली नारीको दाईको नाता सँगै सिष्ट सभ्य र मिठो बोलीले हामि उनि सँग नजिक भयौं, नयाँ नेपाली बहिनि नै भनौं, उनि पनि खुशि थिईन हामि सँगको भेटमा, मलाई यस्तै लाग्थ्यो, निकै बेरको गफ पछि त्यो बहिनि चिसो खाँउ है दाई हरु भन्दै पेप्सी लिन दोकान मा पुगिन, सफाई कम्पनिमा काम गर्ने, बस्ने उनि एक्लि नेपाली रे, लाग्थ्यो नेपाली दाई हरु सँगको भेटमा उनि निकै खुशि छिन, तर यता मेरो साथि लाई भने साईत नै परेछ, "लौ साथि आज त राम्रो दिनमा पो घुम्न निस्किएछ, आज यस्को मोबाईल नं जसरी पनि नलिई हुन्न, केटि त चालु छे यार" म त छाँगा बाट खसे जतिकै भएँ, कति चाँडै पत्ता लाई हालेछ साथिले चालु केटि भनेर, मैंले धेरै सम्झाउन खोजे साथिलाई त्यास्तो सोच्नु गलत हो भनेर, तर साथिले उल्टै सिकाउन लाग्यो भनि रहेको थियो साथि " यो केटि डाईरेक्ट हामि सँग बोल्नु नजिकिनु भनेको यस्को चाला राम्रो होईन हामि किन पछि पर्ने, दुई दिनको जिन्दगि हो साथि मरि लानु के छ, चान्समा डान्स गर्नै पर्छ, अन्त्यामा मोबाईल नं लिन लाई भुलेनन् साथिले, उनि अपरिचित बहिनी ले पनि गा¥हो नमानि सजिलैले दिई नं, मलाई भने त्यो निर्दोष चेलिको निर्दोष भाब प्रति माया लागेर आयो र भाबि उनी प्रति आउने खतरा प्रति सोच मग्न भएँ म ।
Girl in abroad
फर्किने क्रममा साथि निकै खुशि थियो किन कि उनको लागि स्पेशल माल ( केटि ) सिकार फेला परेको थियो, अझ सिकाउदै थियो मलाई केटि पट्याउने आईडिया हरु, बोल्नमा अफ्ठेरो थिएन उस्लाई, र छुट्ने बेला पनि उनले सुनाउन भुलेन मलाई, आज फेला पारेको माल लाई कुनै पनि हालतमा उम्कन नदिने, साथि बिबाहित थियो तर पनि उनलाई अलिकति पनि अफ्ठेरो पनाको आभास थिएन ,बहिनि लाई सचेत गराउनको लागि मैंले साथि सँग नं लिन खोजेँ, तर राजि भएन साथि, बेला बेला फोन गरेर सुनाउथ्यो, मायाको नाटक गरेर लठ्ठै पारेको कहानि हरु भन्थ्यो" साथि चान्स मात्र मिलि रहेको छैन, नत्र अहिले सम्म त मोज गरी सक्थें " मैंले जति भन्दा बिभिन्न बाहाना बाजिमा फोन लगाउन छाड्दैनथ्यो । पछि पनि अनेक बाहाना बाजी लगाउदै फसाएर उनि सँग गरेको मस्ति हरु सुनाउथ्यो " साथि केटि त लास्ट रण्डि भालु रैछे नेपालमा नै चालु केटि रैछे भेटनलाई त मैले बोलाउन नै नपर्ने आफैले पो बोलाउछ" एक दिन फेरि साथिले फोन गरेर भन्यो " साला त्यो रण्डिले त फोन नै उठाउदैन यार ल साथि पट्याएर मजा गर्ने हो भने नं लिनुस, मैले नं लिएर धेरै पल्ट कल गर्दा बल्ल एक पटक उठ्यो फोन, आवाज सुनियो " सरि कल नगर्नुहोला भनेर, मन नमिठो थियो, यहि सोच्न पुगे म एउटा निर्दोष नारी लाई किन यतिको अपमान् ?

आज तिन साल पछाडि मैले लेखेको एउटा पुष्तक भेटन पुगेछन साथिले, र फोन लागाई हालेछन मलाई, बधाई र शुभकामना सँगै, तर उन्ले एउटा कुरा सोध्न भुलेनन्," पहिलाको मालको के छ त खबर मोबाईल नं पास गर्नुस न साथि अब त भुली होली फेरी पट्याएर मोज गर्नु प¥यो," निसंकोच उन्को बोलीले म झर्किन पुगें " माल हरुको खबर त तिमि हरु जस्तालाई पो थाहा हुन्छ अब बाट कृपया फोन नगर्नु " भन्दै कल काटें मैले,फेरी कल गरेर सरी माग्न पुगे उनि, नारी प्रतिको खराब सोचाई, बुझाई ले एउटि निर्दोष बहिनि लाई लुट्न पुगे साथि, आखिर पुरुष रण्डो कि नारी रण्डि ? रण्डि र बेश्याको गाली किन नारीलाई ?यो घटना त एउटा उदाहरण मात्र पो रहेछ पछि बिस्तारै थाहा पाँउदा यो बिकृति र उताउलो पना, त धेरै ब्यापक रहेछ नेपाली युबा माझ । म यो सोच्न बाध्या भएँ, पुरुष हरुको लागि केटी, पट्याउने माल नै हो त ? 

मनोरञ्जन्को साधन मात्र हो नारी ? पक्कै होईन नारी र पुरुष बिना यो सन्सार को सार नै छैन, एकले अर्कालाई सम्मान र बिश्वास गर्न सकिएन भने मानबताको अर्थ नै कहाँ रह्यो र ? किन नारीलाई मात्र दोष दिन्छौं हामि ? पुरुषलाई रण्डिखानामा आफ्नो जवानीको प्यास बुझाउन छुट छ, अझ नपुगेर भर्खर फक्रिन लागेको जवान तरुनी हरुको खोजी गर्दै बाटो छेक्न र ढुक्न खुला पुरुष युबा हरुलई नारी लाई कस्ले रण्डि, बेश्या बनाएको हो भन्ने चेत आउन पर्छ । सतित्व जोगाउन के नारीको एकल प्रयासले मात्र सम्भब छ र ? किन पुरुषले पति ब्रता चाहन्छ ?हो नेपाली युबा पुस्ताले बिबेक गुमाउन हुन्न, यसरीनै नारीको अष्तित्व लुटेर क्षणिक मनोरञ्जन को खोजी मात्र गर्ने भने नारी र पुरुष बिचको साँचो माया के भन्ने कुरा कसरी बुझ्न सकिन्छ र । साथि भाई भेट घाट हुने बितिकै केटिको नै कुरा गरेर प्यास बुझाउदै मनोरन्जन लिनु पुरुष युबा हरुले अलि लाज माने देखि समाज र सँस्कार अलि सभ्या बन्ने थियो । नारीलाई खेलौना नै सम्झीदै जाने हो भने एकदिन हाम्रा आमा, चेली बुहारी हरु सबै उहि रण्डि र बेश्याको सुचिमा त नपर्लान ? एउटा पुरुषले बाहाना बाजीलगाएर घरमा श्रीमान नभएको बेला कुनै नारीको अष्तित्व लुट्छ तर दोष त्याही नारीमा पर्छ । 

हो पुरुषको खराब दृष्टिले असल नारीको अष्तित्वलाई माटोमा मिलाई रहेको हुन्छ । पुरुषले आफ्नो मति नसपार्ने हो भने नारीले पनि पुरुष बेश्यालय खोल्नु पर्‍यो र उस्को पनि जवानीको प्यास त बुझाउन प¥यो नि । आजको जमाना लोग्ने र स्वस्नी बिच डिभोर्स को सँखया बड्दो छ त्याहि नारी र पुरुष बिच बिश्वास नभएर नै हो । बिश्वास टुटाउने काम पुरुष बाट भएको छ । एउटा जवान नारी लाई देख्ने बितिकै ¥याल काढ्न थाल्छन युबा देखि बृद्ध पुरुष सम्म ले अनि घन्टौं र महिनों लगाएर भए पनि पछि लाग्न छाडिदैन भने आउने नयाँ पिढी हरुले कस्तो शिक्षा लिने यस्तो अग्रज बाट ? नारी निर्दोष छे, यस्को जिम्मेवार पुरुषले लिनै पर्छ, जस्तै बिग्रीएकी केटि भए पनि रण्डि बेश्या भनेर गाली निकाल्ने पुरुष लाई यदि अलिकति पनि बिबेक छ भने त्यो शब्द सुन्दा पनि मुटुमा दुख्नु पर्ने हो । नारीले सेक्सको अपिल गर्दै सडक र गल्लि गल्ली ढुक्दै, चहार्दै त हिडेको हुन्न नि । बिधवा नारी हरुले पनि आफ्नो प्यास लाई दबाएर नै राखेका हुन्छन । अर्काको श्रीमान माथि हात पात त गरेको छैनन् नि । 

बैज्ञानिक आधार नै छ पुरुष लाई भन्दा नारीलाई बढि सेक्स चाहाना भएको कुरा, खै उनि हरुले त सहेरै बसेका छन ।नारी सँग सम्बन्ध गाँसौं तर नारीलाई हेर्ने खराब दृष्टि लाई हटाउ, सबै नारी हरु असल र राम्रा हुन्छन । बिबेकशिल समाज र सभ्या समाज बनाउन लाई आजका युबा हरुले सोच्न नै पर्ने बेला आएको छ । यदि राम्रो केटिको नै खोजिमा हुनुहुन्छ भने सबै केटिहरु राम्रो नै पाउनु हुनेछ, सबैलाई चेली, आमा, भाउजु, सथि ठान्न सक्नु हुन्छ । यदि नराम्रो नै केटिको खोजिमा हुनुहुन्छ भने गंगा जस्ति पबित्र केटि लाई पनि तँपाईले खराब देख्नु हुनेछ र सबै सँग आफ्नो जवानीको मजा लुट्न सक्नु हुनेछ, बाहाना बाजी लगाएर । त्यति बेला तँपाँइको लागी सबै नारी हरु रण्डि र बेश्या बन्नेछन सिङगो नारी हरुनै,त्यसैले आजै बाट राम्री केटिको खोजी गर्रौ, नारी र पुरुष बिचको बिश्वास लाई तोड्ने काम नगरौं । निसंकोच तरुनिको गफ चुट्न र पछि लाग्न लाज सरम चाँहि हुन जरुरी छ पुरुष साथि हरु, आफ्नो सँस्कार सभ्याता र बिबेक त गुमाउन भएन नि ।

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada